सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

Sanima Bank Ratauhat

असोज १४, २०७७, काठमाडौं ।

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको चन्द्रपुर शाखा मिति २०७७÷०६÷१४ गते देखि औपचारिक रुपमा संचालनमा आएको हो ।

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर श्री रामचन्द्र चौधरीले गर्नुभयो ।

जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गर्नुभयो ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here