सामसङ नेपालको ‘Samsung Saving Days’ अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको EMI
९ जेठ, काठमाडौं।
सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ।
यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो। यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकून्।
यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको extended EMI सुविधा पनि उपलब्द छ, जहाँ वाशिंग मेशिनको किस्ता मासिक रु १,३७० देखि र रेफ्रिजरेटरको किस्ता मासिक रु १,४०८ देखि सुरु हुन्छ।
यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउँछ।
Washing Machine Offers available:
| सेग्मेन्ट | क्षमता | क्यासब्याक (सम्म) |
| AI EcobubbleTM Washer Dryer | ९–११ Kg | २३% |
| AI EcobubbleTM Front Load | ९–१२Kg | २२% |
| Fully Automatic Top Load | ८ Kg | १२% |
| Semi-Automatic Top Load | ७ Kg | १२% |
Refrigerator Offers available:
| सेग्मेन्ट | क्षमता | क्यासब्याक (सम्म) |
| SBS | ७००L | ११% |
| 5 in 1 | ३५०L – ४१९L | १५% |
| Double Door | २५३L – २७५L | १७% |
| Single Door | १९२L – २३०L | १५% |
साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ।
नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्।
अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत Samsung स्टोरमा गएर विवरण बुझ्न सक्नुहुन्छ।
For more: Samsung Nepal Home Appliance Discounts


