सामसङ नेपालद्वारा बाढी प्रभावितका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
२६ असोज, काठमाडौं।
सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ।
बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।
यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनहरूका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ।
घरायसी सामानहरू (Consumer Electronics) का लागि घरमै पुगेर सेवा दिने (on-site visit) व्यवस्था गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरू (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू समावेश छन्।
यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू (जस्तै: रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँ) का लागि ल्याइएको हो।
घरायसी सामानहरू (Consumer Electronics Products)
छनोट भएका सामसङका घरायसी सामानहरूमा पाइने छुट र सुविधाहरू यस प्रकार छन्:
| सामानको उमेर / वारेन्टी | मर्मतमा छुट | नयाँ फेर्न परेमा सहयोग |
| वारेन्टी बाँकी भएको (In Warranty) | १००% | १००% |
| १ – २ वर्ष पुरानो | ८०% | ८०% |
| २ – ५ + वर्ष पुरानो | ७०% सम्म छुट | ७०% सम्म छुट |
मोबाइल सामानहरू (Mobile Products)
स्मार्टफोन र ट्याब्लेटसहितका छनोट भएका सामसङ मोबाइल उपकरणहरूमा पाइने छुट र सुविधाहरू यस प्रकार छन्:
| सामानको उमेर / वारेन्टी | मर्मतमा छुट | नयाँ फेर्न परेमा सहयोग |
| वारेन्टी बाँकी भएको (In Warranty) | १००% | १००% |
| १ – २ वर्ष पुरानो | ८०% | ८०% |
| २ – ४ वर्ष पुरानो | ७०% सम्म छुट | ७०% सम्म छुट |
दि सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्य (Recommended Retail Price) को ८०% भन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिनेछ।
नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा सहज सेवा केन्द्रहरू
यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा विशेष सर्भिस क्याम्पका रूपमा सञ्चालन भइरहेको छ।
यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर, सामसङले बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा ल्याउन सकिनेछ।
For More: Samsung Nepal Flood Repair

