सामसङको “बडा दसैं, बिग धमाका” अफर सार्वजनिक

Samsung Mobile Dashain Dhamaka 2077

असोज १७, २०७७, काठमाडौं ।

विश्वविख्यात इलेक्ट्रोनिक्स् ब्राण्ड, सामसङले यो चाडवाडको मौसममा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई “बडा दसैं बिग, धमाका” योजना सार्वजनिक गरेको हो ।

सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गरि यस धमाकामा सामेल हुनुुहुने ग्राहकहहरुलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ । यस अफर अन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्र मार्फत् Renault DUSTER तथा साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुलाई Honda Hornet 160R तथा १० जना विजेताहरुलाई Galaxy Note20  प्रदान गरिने छ ।

कोभिडको कारणले गत वर्षहरुको भन्दा यो वर्षको चाड केही फरक छ । यस परिस्थितिलाई मध्यजनर गर्दै सामसङले उत्सवको मनस्थिति एवं उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको हो ।

साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् गरिने छ । बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्प्मार्टफोनहरुको सट्टामा नगद उपहार प्रदान गरिने छैन ।

यो अफर यही आश्विन १६ गतेदेखि मंसिर २ गते सम्म लाग ूहुने छ । लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्र्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिनेछ । बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिनेछ ।

यो योजना नेपाल अधिराज्यभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. तथा आइएमएस प्रा.लि अन्तगर्तका सामसङ ब्राण्ड सप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा लागू हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here