सामसङको Curd Maestro रेफ्रिजेनेरेटर नेपालमा

Samsung Curd Maestro

२५ साउन, २०७७ काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा Curd Maestro™  रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिक रुपमाआफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारहरु सँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । Curd Maestro™ , सामसङको एक नयाँ प्रविधिहो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो ।

Curd Maestro™ ले पाँच देखि ६ घण्टामा सहजै दहीतयार गर्न सक्दछ । यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । Curd Maestro™ बाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मन तातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई Curd Maestro™ मा राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् । Curd Maestro™ रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दहीत यार गर्दछ ।

Curd Maestro™ ले जस्तो सुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो Curd Maestro™ रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ ।

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको Twin Cooling Plus™ स्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लोहुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहदैन ।
Curd Maestro™ रेफ्रिजेनेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्ध हुनेछ । Curd Maestro™ यसका मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here