सामसङले ल्याएको छ चाडपर्वमा ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर

Samsung Festival Offer 2020

असोज १, २०७७, काठमाडौं ।

विश्वमा लोकप्रिय इलेक्ट्रोनिक्स् ब्राण्डका रुपमा स्थापित सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी ’फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दैे सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसङले यस अफर प्रस्तुत गरेको हो । यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी ’अफर अन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ । यस ३५ प्रतिशत सम्मको छुट सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ ।

बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ । सामसङ सम्पूर्ण आदरणीय उपभोक्ताहरुलाई चाडपर्वहरु सुरक्षित रहेर मनाउनु हुन अनुरोध गर्दछ ।

यो फेस्टिभ अफर आश्विन १ गते देखि कात्र्तिक ३० गते सम्म नेपाल अधिराज्यभर सामसङका आधिकारिक डिस्ट्रीब्युटर हिमइलेक्ट्रोनिक्स् प्रा.लि.र त्रिवेणी ब्यापार प्रा.लि. द्वारा आफ्ना डिलरहरु मार्फत लागू गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here