सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब S9 FE मा सर्कल टु सर्च सुविधा विस्तार

Samsung Expands Circle Search
Share It On:

६ भदौ, काठमाडौं ।

सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब S9 FE सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ । Samsung–Google को सहकार्यमा निर्मित, सर्कल टु सर्चले थप Galaxy प्रयोगकर्ताहरूलाई कुनै पनि चिज सहजै खोज्ने अनुभव प्रदान गर्छ ।

सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल AI को सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ ।

यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृर्ष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिन्छ ।

छानिएका ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै, यो नयाँ अनुभव ग्यालेक्सी ट्याब S9 FE मा पनि आउनेछ, जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले खोज्ने कार्यमा नयाँ आयाम ल्याउँदछ ।

ग्यालेक्सी S24 सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।

पछिल्लो Galaxy Z Flip6 र Z Fold6 लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि, सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र त्तच् र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।

अब, Galaxy ए सिरिज र Galaxy ट्याब S9 FE सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि तपाईले सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता पाउनुहुनेछ ।

“यी अपडेट्सहरूले Galaxy ए सिरिज र Galaxy ट्याब S9 FE सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्दछ र अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पादर्छ, सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख TM Roh ले भने, “हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास ब्क्ष् प्रविधि ल्याउन समर्पित छौं, प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थफ व्यक्तिगत अन्तरत्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौं ।”

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो । डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् ।

यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो, जसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउँछ । AI–संचालित परिणामहरूले समृद्ध जानकारी र सन्दर्भ प्रदान गर्दछ, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पुर्‍याउँछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

NIS 2024