अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने 

Samsara Remit

२१ भदौ २०७८, काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट कम्पनी, खल्ती, ले रेमिट्यान्स कम्पनीसम्सारा रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ।

यस सेवा कार्यान्वयनमा आए सँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन दुबै सक्नेछन्। सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन्।

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here