ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यमा निर्वाचित
२४ वैशाख, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को निर्वाचनमा एसोसिएट समूह तर्फको केन्द्रीय सदस्य पदमा ह्याम्स अस्पतालका अध्यक्ष एवं मेडिकल व्यवसायी रामशरण (आर.एस.) भण्डारी निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा भण्डारीले १,०४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। भण्डारी प्रबलजंग पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए।
स्वास्थ्य सेवा र निजी व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारीले अस्पताल व्यवस्थापन, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा निजी क्षेत्रको सुदृढीकरणमा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनी धुम्बाराहीस्थित ह्याम्स अस्पताल र नागरिक अस्पतालको नेतृत्व गर्दै आएका छन्।
महासंघको नयाँ कार्यसमितिमा अञ्जन श्रेष्ठ अध्यक्ष चयन भएका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले श्रेष्ठ अध्यक्ष बनेका हुन्।
For More:-RS Bhandari FNCCI Elected


