रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य बृद्धी – गत ४ महिना देखि लगातार मासिक रु ५०० अर्ब भन्दा बढि कारोबार

Share It On:

१७ भदौ, काठमाडौं ।

२०७८ पौष महिनाबाट नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच (RPS) ले २०८१ असार मसान्त सम्म ने.रु. ६७३ अर्बको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ ।

RPS Transactions in Nepal

यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८% ले बृद्धी भएको हो भने कारोबार संख्याको आधारमा ४९% ले बृद्धी भएको हो ।

यसरि गत ४ महिना देखि RPS मा मासिक रु.५०० अर्ब भन्दा बढिको कारोबार हुँदै आएको छ । क्रमशः जेष्ठ महिनामा रु. ५७७ अर्ब, बैशाख महिनामा रु. ५२७ अर्ब र चैत्र महिनामा रु.५१७ अर्ब गरी गत आ.व. मा भुक्तानी कारोबारहरु भएका हुन् ।

आ.व.२०८०/८१ मा RPS मार्फत कुल ने.रु. ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।

RPS Transactions Nepal

नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार RPS बाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढि रहेको छ ।

२०७८ पौष देखि एक छुट्टै च्यानलको रुपमा ल्एक् अन्तर्गत कार्यान्वयनमा रहेको RPS ले कारोबार संख्या र रकमको आधारमा ४ गुणाले बृद्धी गरेको छ । यसबाट डिजिटल भुक्तानीमा उल्लेख्य बृद्धी भई क्यासलेस सोसाइटी तर्फको यात्रालाई थप टेवा पुगेको बुझ्न सकिन्छ ।

के हो रिटेल पेमेन्ट स्वीच ?

सन् २०१७ मा Faster Payment System को रुपमा कार्यान्वयनमा ल्याइएको कनेक्टआइपिएसले मोबाइल एप, वेब तथा गेटवेका च्यानल मार्फत रियल टाइम भुक्तानीको सेवाको थालनी गरेको थियो भने सन् २०२१ डिसम्बर महिनामा नेशनल पेमेन्ट स्वीच अन्तर्गत नन्–कार्ड भुक्तानीहरु फर्छ्यौटका निम्ती यसलाई RPS भनी एक छुट्टै सिस्टमका रुपमा सञ्चालन गरिएको थियो ।

च्एक् मार्फत विभिन्न इन्स्ट्रुमेन्टहरु स्थापना गरी बैंक खातामा आधारित रियल टाइम भुक्तानीहरु, बैंक वित्तीय संस्थाको वैकल्पिक च्यानल मार्फत गरिने भुन्तानीहरुका साथै बैंक वित्तीय संस्था लगायत भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिट्यान्स कम्पनी बीमा कम्पनी, सरकारी तथा पुँजी बजार सम्बन्धीका विभिन्न निकायहरुले यो प्रणाली प्रयोग गर्दै आफ्नो सेवा विस्तार गर्दै आएका छन् ।

For more: RPS Transactions in Nepal 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *