काठमाडौंमा पाँचदिने करियर मार्गदर्शन कार्यशाला सम्पन्न

Rotary Club and Edulift Launches Career
Share It On:

२५ असोज, काठमाडौं ।

काठमाडौं, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका पाँच सरकारी विद्यालयका शिक्षकहरूको सहभागितामा आयोजित पाँचदिने करियर मार्गदर्शन कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।

उक्त कार्यशालामा करियर कोच नेपाल (CCN) ले विद्यार्थीहरूको रुचि, क्षमता, र भविष्यको करियर छनोटमा सहजीकरण गर्न शिक्षकहरूलाई आवश्यक प्रशिक्षण प्रदान गर्‍यो। रोटरी क्लब अफ काठमाडौं मिड-टाउनको आर्थिक सहयोगमा आयोजित यस कार्यशालालाई गैर-नाफामूलक संस्था एडुलिफ्टले सहजीकरण गरेको थियो।

कार्यशालामा सहभागी शिक्षकहरूले करियर मार्गदर्शनको अभावमा धेरैतिर विद्यार्थीहरू अन्योलमा पर्ने भएकाले यस कार्यशालाबाट प्राप्त ज्ञानले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने आशा गरेका छन्।

कार्यशालाको समापन कार्यक्रममा करियर कनेक्सन परियोजनाका पदाधिकारीहरूले नेपाली विद्यालयहरूमा करियर मार्गदर्शनको कमीले विद्यार्थीको भविष्य अनिश्चित बनिरहेको बताउँदै, यसले ठूलो समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

For more: Rotary Club and Edulift Launch Career


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *