के हो त राइड-शेयरिङ् प्लाटफर्म र कसरी काम गर्छ त यसले ?

Gaadii Partners

२३ वैशाख, २०७८ काठमाडौं  ।

काठमाण्डौंमा दिन प्रतिदिन चर्चित हुँदै गएको राइड-शेयरिङ् प्लाटफर्म बुटवलमा पनि चैत्र १६ बाट सुरु भएको छ । Gaadii App ले पोखरामा पनि सुरु गर्न लागेको हो ।बुटवल सँगै पोखरा,नारायणगढ,झापा र धरानमा पनि एकैचोटि सुरु गर्न लागेको हो ।यात्रुलाई एक ठाउँ देखि अर्को ठाउँसम्म पुग्न सस्तो,सुरक्षित र भरपर्दो हुने र बेरोजगार युवा-युवतीको लागि थोरै लगानीमै आम्दानीको नयाँ बाटो समेत खोलिने भएकोले गर्दा यो एप काठमाण्डौंमा जस्तै अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ । 

के हो त राइड-शेयरिङ् प्लाटफर्म र कसरी काम गर्छ त यसले ?

केही वर्ष अगाडि भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो । त्यो बेला थोरै गाडीमात्र चल्ने तर धेरैलाई आफ्नो गन्तव्यमा पुग्नु पर्ने हुनाले यदि सवारी धनी र अर्कों व्यक्तीलाई एकै ठाउँमा जानु पर्ने भए एकले अर्कोलाई लिफ़्ट दिने र सहयोग गर्ने चलन चल्यो ।र सोही समस्यालाई अवसरको रुपमा देख्दै काठमाण्डौंमा Tootle नामक एप सुरु भयो । त्यसले एउटै गन्तव्यमा जानुपर्ने दुई जनालाई आफ्नो मोबाईल एप मार्फत जोड्ने प्रयास गर्यो र यो सफल पनि भयो ।त्यसपछि पठावो लगायत अन्य राईड-शेयरिङ् एपहरु पनि बजारमा आए । नाकाबन्दी हटेपनि काठमाण्डौं जस्तो जाम हुने ठाउँमा यो एउटा उचित समाधान भएकोले गर्दा यो चर्चित हुन पुग्यो ।पहिले केही हजारले चलाउने यो एप प्रयोग गर्नेहरु अहिले लाखौंको सङ्ख्यामा छन् र धेरैजना यसबाट लाभान्वित पनि भएका छन् । यो प्लाटफर्ममा आफ्नो बाईक,ट्याक्सी,अटो,स्कर्पियो लगायत रजिस्टर गर्न मिल्छ ।

Bike चलायर कसरी पैसा कमाउने त यो एप देखि ?

यो एप प्रयोग गर्नको लागि सर्वप्रथम Play Store  मा गएर Gaadii Partners भनेर Search गर्ने अथवा Click Here यो लिङ्कमा क्लिक गरेर मोबाईल एप डाउनलोड गर्न सकिनेछ । त्यसपछि रजिस्टरमा गएर आफ्नो ई-मेल, नाम,मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुपर्ने छ । त्यसपछि तपाईंको आफनो नागरिकता,लाईसेन्स र आफ्नो गाडीको ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुपर्नेछ ।गाडी अथवा बाईक जस्को नाममा भएपनि हुनेछ ।त्यसपछि त्यो अकाउन्टलाई Gaadii App को टिमले Check गर्ने छ । यदि सबै विवरण ठिक भए तपाईंको अकाउन्ट खुल्नेछ र त्यसलाई प्रयोग गर्न मिल्नेछ । Account Approve भएपछि तपाईंले Gaadii App लाई E-Sewa अथवा Khalti App मार्फत रु.२०० डिपोजिट गर्नुपर्ने हुन्छ ।त्यो डिपोजिट गर्दा रु.५० थप बोनस सहित रु.२५० तपाईंको  Gaadii Partners एपको वालेटमा आउनेछ । अब तपाईंले जति पनि राईड लिनुहुन्छ र पैसा कमाउनुहुनछ्, प्रत्येक राईडको भाडा जति उठ्छ,त्यसको ८ प्रतिशत त्यहि वालेट देखि कट्दै जानेछ जुन Gaadii Partners एपको सेवा-शुल्क समेत रहेको छ । फेरी वालेटमा 0 भएपछि पुन सोही तरिकाले रिचार्ज गर्नुपर्ने हुन्छ ।यो एपमा Bike, Scooter,Taxi,Auto र स्कर्पियो लाई रजिस्टर गर्न सकिनेछ ।

Customer को लागि

यो एप प्रयोग गर्नको लागि सर्वप्रथम Play Store  मा गएर Gaadii भनेर Search गर्ने अथवा Click Here यो लिङ्कमा क्लिक गरेर मोबाईल एप डाउनलोड गर्न सकिनेछ । त्यसपछि रजिस्टरमा गएर आफ्नो ई-मेल, नाम,मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुपर्ने छ । त्यसपछि एकाउन्ट Activate हुनेछ । अब तपाईंलाई जहाँ जान मन लाग्यो त्यो एपमा आफ्नो गन्तव्य लेखेर बाईक,ट्याक्सी,अटो लाई खोज्न सक्नुहुन्छ ।त्यसपछि तपाईं नजिकैको Gaadii Partners लाई Request जानेछ । उहाँले Accept गरेपछि तपईंहरु दुवैले एक-अर्कासँग फोन अथवा मेशेजबाट सम्पर्क गर्न सक्नुहुनेछ ।  Gaadii Partners तपाईंको Location हेर्दै तपाईंलाई खोज्दै आईपुग्नुहुनेछ र तपाईंलाई आफ्नो सवारीमा बसाएर तपाईंको गन्तव्यमा पुर्याईदिनुहुनेछ ।त्यसपछि तपाईंहरु दुवैको एपमा कति दुरी तय गर्नुभएको हो त्यो अनुसारको भाडा देखिनेछ र त्यति भाडा तपाईंले  Gaadii Partners लाई दिनु पर्ने हुन्छ ।

महिलाको लागि कत्तिको सुरक्षित छ त?

 तपाईं जो  Gaadii Partners सँग यात्रा गर्नुहुन्छ त्यो विवरण आफ्नो आफन्त,साथीभाई लाई नि-शुल्क शेयर गर्न मिल्ने र बाटोमा केही नराम्रो गरेमा उसको ३ पुस्ते विवरण कम्पनी सँग हुने भएकोले महिलालाई एकदम सुरक्षित हुन्छ ।

कत्तिको सस्तो छ त ?

Bike को लागि पहिलो १ कि.मि. सम्म रु ४० र त्यसपछि प्रति.किमि. रु.१५ थपिदै जानेछ । अटोको लागि द पहिलो १ कि.मि. सम्म रु ३० र त्यसपछि प्रति.किमि. रु.१५ थपिदै जानेछ । साथै ट्याक्सीकोलागि पहिलो १ कि.मि. सम्म रु ६० र त्यसपछि प्रति.किमि. रु.५० थपिदै जानेछ ।

 अहिले त्यहाँ अफिस खोल्ने प्रक्रिया हुँदै गरेकोले केही समस्या परेमा 9814581248 मा Whatsapp/Viber गरेर बुझ्न सकिनेछ । अहिलेलाई Android Mobile मा मात्र भएको यो एप चाँडै नै I-Phone को लागि समेत आउने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here