रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक

realme GT Neo 2

२५ कात्तिक २०७८, काठमाडौं ।

विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ ।

जसको मूल्य  ५४,१९९ रुपैयाँ रहेको छ  । जसमा  ८/१२८ जीबी स्टोरेज रहेको छ  ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन रहेको छ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा ३००० रुपैयाँ कम मूल्य  ५१,१९९ रुपैयाँमा यो मोवाइल फोन खरीद गर्न सकिने कम्पनीले बताएको छ ।

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन डठण् छन् को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ एमएम रहेको छ ।

क्वालकम स्नापड्रागन ले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ ।

थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ।

चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here