सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो+ अब नेपालमा उपलब्ध

realme-12-Pro-Launched-in-Nepal
Share It On:

२४ जेठ, काठमाडौं।  

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ ।

फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रो+ले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोर्ट्रेटहरू खिच्न सक्छन ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “रियलमी १२ प्रो+ नेपाली बजारमा ल्याउन पाउँदा पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।”

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हर्टजको रिफ्रेस रेट राखिएको छ ।

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

पेरिस्कोप क्यामरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ।

टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग

६७ वाटको सुपरभोक सुपरफास्ट चाजिङ्ग युक्त ५,००० एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ । रियलमी १२ प्रो+ १२ जिबी ¥याम र २५६ जिबीका स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रो+ को मुल्य ५०,९९९ रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *