रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक

Realme 11 5G, 11x 5G launched in Nepal 
Realme 11 5G, 11x 5G launched in Nepal 

८ असोज, काठमाडौँ ।

रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँ मोडलहरु रियलमी ११ एक्स फाइभ जी र रियलमी ११ फाइभ जी सार्वजनिक गरेको छ ।

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै-गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौं दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएक बताए ।

रियलमी ११ एक्स फाइभजीका मुख्य फिचर  

रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको सिक्स एनएमको डाइमेन्सिटी ६१०० प्लस एसओसी पावरफुल चिपसेट रहेको छ । डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ, जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । २ह इन-सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट-स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो- लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी प्लस आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।

अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुविधाहरु पनि रहेका छन् ।

रियलमी ११ फाइभजीका मुख्य फिचर

रियलमी ११ फाइभ जीमा मिडियाटेकको डाइमेनसिटी सिक्स एनएमको ६१०० प्लस पावरफुल चिपसेट रहेको छ, जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जिबी र्‍यामलाई डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ ।

१०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम् ६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ ।  यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।

अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

मूल्य 

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य २९ हजार ९९९ रूपैयाँ र ८ जीबी र्‍याम २५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभजीको मुल्य ३९ हजार ९९९ रूपैयाँ रहेको छ ।

रियलमी ११ फाइभजी आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्ध हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here