राष्ट्रिय वाणिज्य बैंकका ११ वटा नयाँ शाखा
१ साउन, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।बैंकले विभिन्न जिल्लामा सेवा विस्तारको आवश्यकता रहेको निष्कर्षसहित शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।
यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णाली प्रदेशमा मात्र तीनवटा शाखासहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।