राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने
१८ माघ काठमाडौँ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।
आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
Advertisement
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान हो ।
सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।
For More:-Rapti Academy Cancer Treatment

