नेपालमा अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम सम्पन्न
१५, भदौ २०७७, काठमाडौं ।
नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका बिद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पु¥याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम आयोजना गरियो।
वेबिनार मार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै बिभागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको थियो ।
प्रकोप ब्यवस्थापन, सबैका लागि आधुनिक बित्तीय ब्यबस्थापन, शिक्षा, स्वास्थय तथा शहरी जनसंख्या ब्यवस्थापन, वातावरण लगायत स्वतन्त्र बिचार शीर्षक जस्ता बिभिन्न ६ वटा बिधामा प्रबिधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढि समुहका २५० जनाले बिबिभन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।
Advertisement
करिव दुईहजार पाँच सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा बिश्व प्रशिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो भने आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जोसेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड ब्यवस्थापक डेनभर डि. सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो।
सो कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गर्नु भएको थियो भने बिभिन्न बिधाका बिशेषज्ञ तथा माइक्रोसफ्ट एबं बिभिन्न प्रतिष्ठित संस्थाका बिज्ञहरुले प्रस्ताबित परियोजनाको मूल्याङ्कन गर्नुभएको थियो । परियोजना प्रतियोगितामा बिभिन्न ६ बटा टिम पुरस्कृत भएका थिए ।
लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालाका लगायत स्वदेशी तथा बिदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एबं अन्य कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
“यो जटिल अवस्थामा यति बृहद र एप्पलका सहसंस्थापक तथा आईबिएम जस्ता प्रतिष्ठित संस्थाकोे उच्च सहभागिता हाम्रो लागि गौरब र प्रेरणाको बिषय हो” नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियार बताउनुहुन्छ। यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठुलो परिबर्तन ल्याउनेमा हामीबिश्वस्त छौ , यो ह्याकाथनको ठुलो फड्को पनि हो, उहाँले बताउनु भयो ।
“नेपाली बिद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्च तहको सहभागिताले हामीलाई भोलिका लागि हौसला र प्रतिस्पर्धाको प्ररेणा प्राप्त भएको छ ”कार्यक्रमकी मेडिया ब्यस्थापक अनिसा अधिकारीले भन्नुभयो ।

