सरकारले गर्यो निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती
१३ जेठ, काठमाडौं।
सरकारले निजी स्वास्थ्य संस्थाहरूमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती गरेको छ।
स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै बोर्डले निजी अस्पतालहरूबाट उपलब्ध गराउने आकस्मिक (Emergency) बाहेकका अन्य सम्पूर्ण बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो।
सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि बन्द हुने निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिइन्। उनका अनुसार बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म स्थगित भएको छ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको हो ।
For More:-Private Hospital Health Insurance



