प्राइम टायल्सको नयाँ शोरूम अब स्याङ्जाको वालिङमा
१ जेठ, काठमाडौं।
नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याङ्घजामा भव्य रूपमा उद्घघाटन सम्पन्न गरेको छ ।
न्यू भुसाल स्टोरमार्फत स्याङ्घजामा सुरु भएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ ।
उद्घघाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र टायल्स मिस्त्रीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
२०७८ / ७९ मा एकल ब्रान्डको रूपमा नेपालकै सबैभन्दा बढी बिक्री हासिल गरेको प्राइम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलर नेटवर्क बनाएको छ भने Wall र Floor Tiles दुबैमा (NS) नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ । अहिले प्राइम टायल्स घरघरमा चिनिएको ब्रान्ड बनिसकेको छ ।
वर्ष २०७८ मा स्थापना भएको प्राइम सिरेमिक्स प्रा.लि. ले नेपाली उपभोक्ताका लागि गुणस्तरीय टायल्स उत्पादन गर्ने उद्देश्यले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरेको हो।
वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँको लगानी रहेको यस उद्योगले नेपालमै पहिलोपटक Wall र Floor Tiles दुबै उत्पादन गर्ने विशेषता बोकेको छ ।
प्राइम टायल्सले “टायल्स मात्र होईन, जीवन पनि जोड्छ“ भन्ने मूल मन्त्रसहित आगामी दिनहरूमा समेत आफ्ना ग्राहकहरूको भरोसा जित्ने विश्वास लिएको छ ।
For More:-Prime Tiles Waling Showroom


