सामसङको ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला 

Which version of the Galaxy S20 did you pre order

 १८ फागुन २०७६, काठमाडौं ।   

नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ ।

नेपालमा यही फाल्गुन ३० गते देखि ग्यालेक्सी S20 र S20+ उपलब्ध हुनेछ। साथै प्रि–अडर गर्नु हुने उपभोक्ताहले यी फोनहरु सो मिति भन्दा अगाडि पाउनु हुनेछ ।

सामसङका दुबै फोन Galaxy S20 र Galaxy S20+  सेटहरु नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुने छन् ।

Galaxy S20                   :          रू१०७,४९९/-

Galaxy S20+                 :          रू११९,४९९ /-

Galaxy S20 सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्च स्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ। जीवन्त रुपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषय वस्तुलाई वेग्लै तरिका बाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।

“सामसङ Galaxy S20 सीरिजले भिडियो ग्राफी र फोटो ग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ ।” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।

यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ– ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

S20 सीरिजमा सामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन्:

उत्कृष्ट दृश्यावलोकनः उच्च स्तरीय फोटो खिच्नको लागि S20 सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।
सुपर जुम : दुबै फोनमा ३०x सम्मको जुम रहेको छ ।

Single Take: Single Take ले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्ड सम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्नआवश्यक हुँदैन ।

प्रो–ग्रेड–फ्लिमिङ्ग :  न्बबिहथ क्द्दण् संसारको एकमात्र स्मार्ट फोन हो जसबाट डप् भिडियो रेकडिङ्ग सकिन्छ ।

नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनर सिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । यस बाट 8K क्वालिटीको भिडियोखिच्न सकिन्छ र जुन सामसङको QLED 8K मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै 8K भिडियोबाट हाइ–रिजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।

ग्यालेक्सी S20 तथा S20+ १४ फागुन, २०७६ देखि शुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा रु ५०००/- जम्मा गरेर अर्डर गर्न सकिन्छ । S20 दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा S20+ तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध रहने छ ।

ग्यालेक्सी S20+ अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि रु. ५,९९९/-मा खरिद गर्न सक्नुहुने छ । साथै, ग्यालेक्सी S20 अग्रिम अर्डर गरेका ग्राहकहरुले रु. २,९९९/- थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभिरु ८,९९९/- मा खरिद गर्न सक्नुहुने छ ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मिइनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवं केजी एच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनु हुनेछ ।

अग्रिम अर्डर गर्नु भएका ग्राहकहरुलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुनेछ ।

साथै अग्रिम अर्डर गर्नुहुने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनु हुनेछ जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट,ग्यालेक्सी वाच एक्टिभ २,केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुईरात बसाइ पाउनु हनेछ । साथै, लेट मिइनको तर्फबाट रु .५०००/- बराबरको कुपन पनि पाउनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here