म्याक्स टाइगर ‘दशैं धमाका २०२६’: ककनीका प्रदीप लामाले जिते प्रोटोन कार, अझै ८ बाइक/स्कुटर जित्ने मौका
१ मंसिर २०८३, काठमाडौं।
एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कसैको जीवनमा यति ठूलो खुसी ल्याउन सक्छ भन्ने उदाहरण नुवाकोटको ककनीका प्रदीप लामाले प्रस्तुत गरेका छन् । म्याक्स टाइगर इनर्जी ड्रिंकको बहुप्रतिक्षित ‘दशैं धमाका २०२६’ उपहार अभियानअन्तर्गत लामाले बम्पर पुरस्कारस्वरूप शानदार प्रोटोन कार (Proton Car) जित्न सफल भएका छन् ।
यस अभियानअन्तर्गत हालसम्म देशभरका २८ जना भाग्यशाली उपभोक्ताहरूले मोटरसाइकल र स्कुटर जितिसकेका छन् भने अझै ८ जना उपभोक्ताका लागि मोटरसाइकल वा स्कुटर जित्ने सुनौलो अवसर बाँकी नै रहेको कम्पनीले जनाएको छ ।
“कार जितेको खबर सुरुमा त विश्वास नै लागेन” : विजेता प्रदीप लामा
बम्पर पुरस्कार विजेता प्रदीप लामाका लागि यो क्षण जीवनकै अविस्मरणीय बनेको छ । एउटा क्यान किन्दा यति ठूलो पुरस्कार पर्ला भनेर आफूले सपनामा पनि नसोचेको उनले बताए ।
खुसी साट्दै लामाले भने, “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो सम्पूर्ण परिवारका लागि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”
हालसम्म २८ जनाले जिते मोटरसाइकल र स्कुटर
म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानमा कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र १ वटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । जसमध्ये हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन् ।
मोटरसाइकल विजेताहरू (१६ जना):
प्रदेश १ र मधेश: समुद्र पोखरेल (विराटनगर), तेजनारायण सिंह (बिर्तामोड), कुटाल्या कुमार सिंह (जनकपुर), केशव दाहाल (बर्दिबास), गणेश थापा (लालबन्दी), रुपेश महतो (लहान) र रमेश बस्नेत (वीरगञ्ज) ।
बागमती प्रदेश: विनोद ढुंगेल र सुमन कर्माचार्य (काठमाडौं), राजकुमार तामाङ (बनेपा), सञ्जोग रिमाल (धादिङ) र सोमबहादुर दुलाल (काभ्रे) ।
लुम्बिनी र सुदूरपश्चिम: रिधम गुरुङ (बुटवल), राजेन्द्र शर्मा र लीलाधर भण्डारी (दाङ) तथा मोहन श्रेष्ठ (धनगढी) ।
स्कुटर विजेताहरू (१२ जना):
पूर्वी तथा मध्य क्षेत्र: अनोजकुमार अधिकारी (धरान), सुधीरकुमार यादव (सिमरा), सुनिता मगराती (हेटौंडा) र गोकर्ण काप्री (चितवन) ।
पश्चिम क्षेत्र: नोडराज रेग्मी र अनिशा मिजार (पोखरा), दिनेश यादव (भैरहवा) र नरबहादुर फौगाद (बुटवल) ।
मध्य तथा सुदूरपश्चिम: किशोरजंग शाह र झक्कड थापामगर (सुर्खेत), लक्ष्मण केसी (नेपालगञ्ज) तथा अजयकुमार गुप्ता (धनगढी) ।
अझै ८ जनालाई मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी
कम्पनीका अनुसार कुल ३६ वटा दुईपाङ्ग्रे सवारीसाधनमध्ये २८ वटा वितरण भइसकेका छन् र अझै ८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल वा स्कुटर जित्ने अवसर बाँकी रहेको छ ।
म्याक्स टाइगरको हरेक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले देशभरका उपभोक्तामाझ ठूलो उत्साह थपेको कम्पनीको भनाइ छ । उपभोक्तालाई मनोरञ्जन र ऊर्जासँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेकाले समयमै म्याक्स टाइगर खरिद गरी यस अभियानमा सहभागी हुन कम्पनीले सबैमा आग्रह गरेको छ ।
For more: Pradeep Lama Wins Proton Car in Max Tiger


