रोबोटद्वारा सूचना प्रविधिको कुम्भ मेला उद्घाटन

Prabhu Pay CAN Info-Tech 2020
Share It On:

२ फागुन २०७६, काठमाडौं ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको आयोजनामा २६ औं संस्करणको क्यान इन्फोटेक मेला आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ।

सूचना प्रविधि क्षेत्रकै सबैभन्दा ठुलो मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन् । मन्त्री बास्कोटाले रोबर्टको बटन थिचेर, रोबर्टबाटै रिवन काटिएको र ड्रोनले पुष्प बृस्टि गरेको थियो ।

अघिल्ला वर्षहरुमा जस्तै यो साल पनि मेलामा लाखौं मान्छेहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । मेलामा सूचना तथा प्रविधि क्षेत्रका नविनतम सेवा तथा प्रविधिहरु प्रदर्शनीमा राखिएका छन् । क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले सरकारको तर्फबाट स्वदेशी सफ्टवेयर कम्पनीलाई प्रोत्साहन आवस्यक रहेको बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका मन्त्री बाँस्कोटाले सरकार र निजि क्षेत्रको पिरती बसेको बताएका छन् । उनले आफू प्रविधि क्षेत्रको विकाश र डिजिटल नेपालको अवधारणालाई लिएर सकारात्मक रहेको बताए । मन्त्री बाँस्कोटाले निजि क्षेत्रसंग काँधमा काँध मिलाएर अघि बढ्न सरकार तयार रहेको पनि बताए ।

भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरु हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स रहने छन् ।

राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट सुरुभएको मेला फागुन ७ गतेसम्म सञ्चालन हुने छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts