सनराइज बैंकको ‘सनराइज पपकर्न मेनिया’ कुमारी हलबाट सुरु

launching of Sunrise Popcorn Mania in collaboration with QFX Cinema

०२ फाल्गुन २०७६, काठमाडौं ।

सनराइज बैंकले QFX Cinemas सँग सहकार्य गरी ल्याएकोे ‘Sunrise Popcorn Mania’ को उद्घाटन QFX Cinemas, कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार QFX Cinemas, कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र Team Quest Pvt. Ltd का प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । QFX Cinemas, कुमारी हलमा सिनेमा हेर्न आउने दर्शकहरु माझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।

तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपाल भरीका (QFX Cinemas) क्यु एफएक्स सिनेमा घरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशूल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँच वटा सम्म निःशूल्क Popcorn प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हल स्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here