२६ जेठ २०७९, काठमाडौं ।
प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवलका बिच र दियालो फुडल्याण्ड बुटवलमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख श्री सरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवलका तर्फबाट प्रबन्ध निर्देशक श्री मदन भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवल विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले दियालो फुडल्याण्ड बुटवलद्धारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा “फुड” मा १५ प्रतिशत र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने छ ।
उक्त सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवल प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवल प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने छ ।