प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा विशेष छुट
१६ असोज, काठमाडौं।
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको कमलादीस्थित स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर (रुस्काज ब्युटी स्टुडियो) मा सौन्दर्यसम्बन्धी विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
बैंक र रुस्काज ब्युटी स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सैलुनसम्बन्धी सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा रुस्काज ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रदेश अधिकृत (सीपीओ) प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरूले ५% देखि २०% सम्म र बैंकका कर्मचारीहरूले ५% देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यो छुट सुविधा हेयर कटिङ, थ्रेडिङ, ब्युटीसम्बन्धी कक्षा, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल/मेनिक्योर/पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक तथा स्किन केयर उत्पादनहरूमा लागू हुनेछ।
उक्त छुट सुविधा लिनका लागि बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक तथा कर्मचारीहरूले बैंकको कर्मचारी परिचयपत्र पेस गर्नुपर्नेछ।
For More: Prabhu Bank beauty discount

