नेपालमै पहिलोपटक स्नातकमा एआई र डाटा साइन्स: श्रमिक शान्ति क्याम्पसमा पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रम
९ वैशाख, काठमाण्डौ।
पोखरा विश्वविद्यालयले स्नातक तहमा एआई र डाटा साइन्स अध्यापन सुरु गरेको छ । विश्वविद्यालयले ललितपुरको च्यासस्थित श्रमिक शान्ति क्यामपसमा यो कार्यक्रम सञ्चालन गरेको हो।
श्रमिक शान्ति क्याम्पस पोखरा विश्वविद्यालयको पहिलो आंगिक क्यामपस हो । चार वर्षे कार्यक्रमको पहिलो सेमेस्टर पूरा भइसकेकको विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीले जानकारी दिए।
एक समेस्टर पूरा भइसकेपछि विश्वविद्यालयले त्यसको समीक्षासहित आगामी २ देखि ८ सेमेस्टरको सेलेबस तयार गरेको उनले बताए।
उनका अनुसार यो कार्यक्रममा एआई (कृतिम बौद्धिकता)को प्रयोगमात्र नभई एप्लिकेशन डेभलप, सुरक्षा र उचित प्रयोगका विषय समेटिएको छ । साथै डाटा एनालाइसिसको अध्यापन गरिनेछ।
चार वर्षे कार्यक्रम जम्मा १२२ क्रेडिट आवरको रहेको छ । जसमा धेरै प्रयोगात्मक र ल्याबमा आधारित हुने डीन जोशीले जानकारी दिए । १२२ मध्ये १०५ सैद्धान्तिक, ३६ मार्गनिर्देशन (टुटोरियल) र ९१ प्रयोगात्मक रहने गरी पाठ्यक्रम तयारा पारिएको छ।
विद्यार्थीहरुलाई पढाइपछि इन्टर्नसीप गराइनेछ । एआई प्रयोग हुने कम्पनीहरु र नेपाल सरकारका निकायहरुमा डाटा एनालाइसिस्टका रुपमा उनीहरुले इन्टर्नसीप गर्ने डीन जोसीले बताए।
डीन जोशीका अनुसार स्नातकमा एआई र डाडा साइन्स अध्यापन यो नै पहिलो हो । यो विषय अध्ययनका लागि प्लस टु मा विज्ञान विषय अध्ययन गर्नु पर्ने अनिवार्य छैन।
कुनै पनि संकायबाट उत्तीर्ण भएका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउँछन् । तर, ११ र १२ मा अध्ययन गरेको संकायमा गणित वा कम्प्युटर साइन्स लिएको हुनुपर्ने डीन जोशीले बताए।
हाललाई विश्वविद्यालयले एक सेमेस्टरका लागि ४८ जनाको कोटा तोकेर भर्ना लिएको छ । त्यसमध्ये ९ जनालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । सेमेस्टरमा प्रथम हुने थप एक जनालाई पनि छुट गरिने उनले बताए।
यो विषय अध्ययनका लागि चार वर्षमा ४ लाख ७८ हजार २०० रुपैयाँ लगानी गर्नुपर्नेछ । थप २० हजार धरौटी राखिएको छ।
विश्वविद्यालयले यो कार्यक्रमलाई प्रभावकारी बनाउन विज्ञहरुसहित कार्यशाला पनि गर्दै आएको छ । पाठ्यक्रमलाई प्रभावकारी बनाउनका लागि भएको कार्यशालाबाट विज्ञहरुको सुझाव संकलन गरिएको छ।
सूचना प्रविधि क्षेत्रका ५० बढी विज्ञहरुको सुझावकै आधारमा पाठ्यक्रम निर्माण गरिएको डीन जोशीले बताए । विश्वविद्यालयको करिकुलम डेभलपमेन्ट सेनटरको आयोजना तथा विज्ञान प्रविधि संकायको समन्वयमा भएको कार्यशालामा उपकलपति प्राध्यापक डाक्टर वेदराज केसी पनि सहभागी थिए।
उनले यो कार्यक्रमका लागि शुभकामना दिएका थिए। कार्यक्रमममा यसका प्राविधिक पक्षका विषयमा पुल्चोक क्याम्पसका प्राध्यापक डाक्टर सुवर्ण शाक्यले जानकारी गराएका थिए भने एआई तथा डाटा साइन्स कार्यक्रमका संयोजक फूलबाबु झाले सहजिकरण गरेका थिए।
For more: Pokhara University AI Course



