ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित

असार ११, शाङघाइ, चीन ।

ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ । साथै, ओपो उपकरणका विच एक आपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्मविना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधि पनि पहिलो पटक प्रदर्शित गरिएको छ ।

“ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहजप्रयोग अनुभवप्रदानगर्न, उत्पादन तथा प्रविधि मानव प्रबर्तनका लागि सदैव प्रतिबद्ध छ । ” ओपोका उत्पादन ब्यवस्थापक काउ जियाडङले भने , “यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंशहो । यिनले औद्योगिक प्राविधिक क्रान्तिलाई शून्यबाट एक पु¥याई उत्थानमा तेवा पु¥याउने हाम्रो आशा छ । हामी हाम्रा प्राविधिक नव प्रबर्तनलाई प्रयोगका परिदृष्यहरु खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौँ ।”

यूएससी नयाँ पुस्ताका स्मार्टफोन फर्म फ्याक्टरमा ओपोको नौलो नवप्र बर्तन हो । फ्रन्ट क्यामेरा र स्क्रिन एकिकृत गरी यूएससीले प्रयोगकर्ता लाई पूर्ण फूल स्क्रिनको अनुभवका साथै एकिकृत बडीको मज्जा प्रदान गर्ने क्षमता राख्छ । यो प्रविधिले प्रयोगकर्तालाई पूरै स्क्रिन हेर्न तथाखिच्न, तस्विर कैद गर्न, फेस अन्लकगर्नुका साथै भिडियो कल सुविधाको पनि उपयोग गर्न सकिन्छ ।

ओपोको नौलो अन्डर–स्क्रिन डिस्प्ले समाधानका रुपमा यूएससीले अनुकुलित क्यामेरा मोड्यूल प्रस्तुत गरेको छ । यसले धेरै प्रकास समावेस गराउनु, जोनिङ नियन्त्रणको सुविधाका साथै स्क्रिन मार्फत प्रकाशआर पार गराउन अत्यधिक पारदर्शी सामग्रीको प्रयोग गरिएको छ । साथै, ओपोको अनुकुलित अल्गोरिथम, हेज रिमुभल अल्गोरिथम र ह्वाइट ब्यालेन्स अल्गोरिथम मार्फत यूएससीले भविस्यमा स्मार्ट ब्यूटी मोड र फोटो फिल्टर्स लागायत फिचर्स पनि सपोर्ट गर्न सक्ने छ । स्मार्टफोन बहुउपयोगी साधनका रुपमा विकसित हुँदै गइरहँदा प्रयोगकर्ता माझ थप जीवन्त र फराकिलो स्क्रिन भ्यूको माग बढ्दै गइरहेको छ । वाटर–ड्रप स्क्रिनदेखि पिभोट स्ट्रक्चरदेखि आज प्रदर्शित यूएससी प्रविधि मार्फत ओपोले ‘पातलो र हल्का’अनि ‘फूल स्क्रिन’ विचको सन्तुलन अन्वेषण गरिरहेको काउ जियाडङले बताए । उनले भने, “यूएससी प्रविधि मार्फत प्रयोगकर्तालाई वास्तविक फूल स्क्रिन अनुभव प्रदान गर्ने ओपो लक्ष्य रहेको छ ।”

मेशटक ओपोको नयाँ प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि हो । यसले ३ किलोमिटर सम्मको क्षेत्रफलमा सेल्यूलर नेटवर्क, वाईफाई वा ब्लयूटूथको सहायता बिना नै टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल टाइम भ्वाइस कल आदान प्रदान गर्न सघाउँछ ।
यस प्रविधिले धेरै यन्त्रलाई एड होक लोकल एरिया नेटवर्क (ल्यान) निर्माण गरी ग्रुप च्याट क्षमता तथा सिग्नल रिले मार्फत कम्यूनिकेशन रेञ्ज फराकिलो बनाउन सघाउँछ । ओपोका उपकरणहरु एकअर्कासंग सिग्नल रेञ्जमाहुँदा मेशटकले ल्यान कम्यूनिकेशन सम्भव गराउँछ ।

मेशटक प्रविधिको विकासका लागिओपोले आफ्नो कम्यूनिकेशन चिपसेट अनुकुलन गरी न्यून उर्जा खपत र लामो दूरीको सञ्चार माथि सफलता पाएको हो । मेशटक ईन्ड–टू–ईन्ड कम्प्यूनिकेशन्सका लागि नव प्रबर्तनात्मक प्रविधि र मोबाइल फोन सोल्यूसनका लागि मेश कम्यूनिकेशन्स सोल्यूसन हो । यसले प्रयोगकर्तालाई उच्च कोटिको ब्यक्तिगत गोपनियता अनुभव गर्ने अवसर प्रदान गर्छ । तसर्थ, कठिन वातावरनिय अवस्था भएका स्थान, आपतकालीन सञ्चार र आउटडोर वातावरणमा मेशटकको उपयोगिताअझ बढ्ने आशा गरिएको छ ।

यूएससी र मेशटक प्रदर्शनीका साथै ओपोले फाइभजी र आई ओटी सम्बद्ध आफ्ना नविनतम उपलब्धी पनि प्रदर्शित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here