ओपोले आईओटी ईन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने

Oppo Global Logo

फागुन १९, शेन्चन, चीन ।

वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले अग्रणी प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म अभेन्सी मार्फत आफ्नो ग्लोबल थ्रीजी र फोरजीमा नक आवश्यक प्याटेन्ट लाईसेन्स आईओटी र अटोमोटिब बजारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

यस सन्दर्भमा बोल्दै ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘ ओपो सँधै उद्योगको स्वस्थ विकासका लागि प्रतिबद्ध रहेको छ । उद्योगलाई ओपोको एसेन्सियल प्याटेन्ट पोर्टफोलियो निष्पक्ष, उचित र गैरभेदवाव पूर्ण (फ्रान्ड) तवरमा लाईसेन्स प्रदान गर्ने चाहना छ । हाम्रो थ्रीजी र फोरजी कम्यूनिकेसन्स स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्ट्स लाईसेन्सिङका लागि अभेन्सी मार्फत आईओटी र अटोमोटिभ निर्मातालाई प्रस्तावगर्न पाउँदा निकै प्रशन्न छौँ ।’

अभेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कासिम अल्फालाहीले भने, ‘अभेन्सी प्ल्याटफर्ममा स्मार्टफोन उद्योगकै अग्रणी ओपोलाई स्वागतगर्न पाउँदा हामी निकै गौरवान्वित छौँ । अभेन्सीले ओपो जस्ता कम्पनीहरुलाई तिनको आर एण्ड डी लगानीका लागि उचित प्रतिफल कमाउन सघाउ पु¥याउँछ। हामी प्याटेन्ट ओनर्स र लाईसेन्सी दूबैका चासोका विषयलाई सन्तुलनमा राखि नवप्रबर्तनको निरन्तर्ताका लागि सटिक बजार उपलब्ध गराउँछौँ । ’

अभेन्सी, आईओटी भेन्डर्सलाई ताररहित सञ्चार प्रविधि माथि सहज पहुँच बनाउनका लागि वान स्टप समाधान उपलब्ध गराउने प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म हो । कनेक्टेड भेहिकल्सका लागि १४ अटोमोटिभ ब्राण्ड अहिले नै अभेन्सी मार्फत लाईसेन्ड छन् । हाल अभेन्सी संग ओपो सहित ३८ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्ट होल्डर्स आवद्ध छन् । ओपोको पनि संलग्नताले ताररहित सञ्चार क्षेत्रमा कम्पनीको प्याटेन्ट स्ट्रेन्थको प्रतिनिधित्व अझ सटिक रुपमा भएको छ ।

वैश्विकरुपमै अग्रणी प्राविधिक ब्राण्डका रुपमाओपोले आफ्ना विश्वभरका प्रयोगकर्तालाई अदृतिय उत्पादन तथा सेवा अनुभव प्रदान गर्ने सोचका साथ आर एण्ड डी नवप्रबर्तनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । फेब्रुअरी २९, २०२० सम्म आईपुग्दा ओपो संग ४३ हजार वैश्विक प्याटेन्ट निवेदन र १६ हजार भन्दा बढी प्याटेन्ट रहेका छन् । ती मध्य ३८ हजार प्याटेन्ट निवेदन नवप्रबर्तनमा आधारित रहेका जुन समस्त निवेदनको ८८% हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here