ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

OPPO Launches Reno2 F in Nepal

आश्विन २९, काठमाडौं ।

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ ।
“रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्ने छ ।”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, “यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केप देखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुद्रि किनारहोस् वा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा यसले उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ ।”
प्रयोगकर्ताका रचनात्मकता प्रस्फूटनका लागिअत्याधुनिक क्यामेरा
ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता पनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक छ ।

पप्अप् क्यामेराः
प्रयोगकर्तालाई प्राकृतिक देखिने सेल्फी पस्कन हामीले रेनोटू एफमापप् (अप् क्यामेरालाई ह्याण्डसेटको मध्य भागमा राखेका छौँ । साथै, यसमा जडान गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले प्रयोगकर्तालाई तिनका सेल्फीमा विभिन्न मुड प्रदान गर्छ ।

स्क्रिनः
स्मार्टफोनको कुरा गर्दा स्क्रिनलाई पनि एक प्रमुख अंगका रुपमा लिइन्छ । यही कुरालाई विशेष ध्यानमा राखि हामीले उपभोक्ताका चाहना पुरा गर्न विशेष पहल गरेका छौँ । वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङवा गेमिङ हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी तथा उत्कृष्ट भ्यूइङ अनुभव प्रदान गर्छ ।
यो १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१% स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनको ब्याक कभरमा जस्तै सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
हालका यूवा जमातले दिनहोस् वा रात हरेक समयनिरन्तर फोनको प्रयोग गर्न रुचाउँछन् । समयान्तरालमा यसले आँखामा निश्चित नकारात्मक असर पार्छ । हामीले भरखरै सम्पन्न गरेको एक अध्ययनले ४५.५ प्रतिशत टिनएजर्सले राति अबेरसम्म फोन चलाउने गरेको पाएका छौँ । यही कुरालाई ध्यानमा राखि तिनका आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रिमोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ ।

ब्याट्री ः
ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि रेनोटू एफ मा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु¥याउँछ ।
गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउने छन् । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याशचार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।

फास्टर फिंगरप्रिन्ट अनलकिङ
रेनोटू एफमाओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा १६% चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११% सम्मतिब्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेका छौँ । यसमा प्रकास फिल्टर गर्ने थप लाइटले वास्तविक औँलालाई नक्कलीबाट सटिक रुपमा छुटाउन सहयोग गर्छ । मानिसको छाला र निर्जिव बस्तुले प्रकास तथा ताप सोस्ने तथा प्रतिबिम्बित गर्ने कार्यका आधारमा यसले कामगर्ने कम्पनीले जानकारी दिएको छ ।

सीपीयू तथा सञ्चय
रेनोटू एफमा एमटीके हेलियो पी ७० सीपीयूका साथमा ८ जीबी ¥याम र १ सय २८ जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ ।
एमटीके हेलियो पी ७० द्वारा संचारित र परिस्कृत २.१ जीएचजेड प्रशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभवका साथै सटिक रेस्पोन्स प्रदान गर्छ ।
सुदृढ अनुभवका लागि रेनोटूएफले सहजै प्रयोगकर्ताका दैनिक स्मार्टफोन आवश्यकताको पूर्ति गर्ने क्षमता राख्छ । समग्रमाभन्नु पर्दा फोनले कमजोर कनेक्टिभिटी, अत्यधिक ब्याट्री खपत, फोन चार्जका लागिलामो समय सम्म कुर्नुपर्ने बाध्यता लागयत समस्याबाट उपभोक्तालाई छुटकारा प्रदान गर्छ ।

फोनका अन्य आकर्षक फिचर्स

 लिंक बुष्ट
गेम बुष्ट २.०
डल्बि एट्मस
कलरओएस६.०
आ्ेपो सेयर

विक्रि सम्बन्धि जानकारी
ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९०÷(मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख विक्रि मार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । सोही दिन आधिकारिक  शो(रुम मार्फत रेनोटूएफ खरिद गर्ने उपभोक्ताले नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेटी उनीद्वारा हस्ताक्षर गरिएको फोनका साथै विशेष उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here