ओपोद्वारा रेनो १० एक्स नेपालमा असार १५ देखि उपलब्ध हुने

काठमाडौं, असार ८

ओपोद्वारा रेनो १० एक्स हाइब्रिड जुम मार्फत टर्कीका मनोहर दृष्य प्रदर्शित, नेपालमा असार १५ देखि उपलब्ध हुने

झण्डै २ दशक देखि निरन्तर विकास, उत्साह तथा नयाँ पुस्ताका यूवा जमातको मन मस्तिस्क रिझाउने उत्पादन पस्कँदै वैश्विक प्रविधि नवप्रबर्तकको पर्यायवाचीका रुपमा आफुलाई स्थापित गर्न ओपो सफल रहँदै आएको छ । अदृतिय क्यामेरा प्रविधि तथा नवप्रबर्तनात्मक फिचर्स मार्फत ब्राण्डले आफ्नो लागि विरासत खडा गरिसकेको छ ।
दक्षिण एसिया लगायत विश्वका अन्य भागमा रेनो सिरिज सार्वजनिक संगै ब्राण्डले उद्योगमै पहिलोको सूचीमा पूणः थप एक थप्न सफल भएको छ । ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अदृतीय रहेको छ ।

ओपो एफ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो×एभरेष्ट क्याम्पेन जस्तै , यस पटकपनि रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ । नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here