ओपोद्वारा नोवेम्बर १७ मा ओपो ईन्नो डे २०२० को आयोजना गर्ने घोषणा

OPPO DAY

२७ कात्तिक , २०७७ काठमाडौं  ।

ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोवेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनीचनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोट मार्फत दुबैले नयाँ यूगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफी बारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स) पनि सार्वजनिक गर्नेछन् ।

सन् २०१९ मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ ।

पछिल्लो बर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो । यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुतगर्ने ओपोको उद्देश्य रहेको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफथिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।

स्मार्ट वाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी , ईमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस बर्ष थप नव प्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रबर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्य तिर अग्रसर हुनका लागि ओपो संग नोवेम्बर १७ मा जोडिनु होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here