ओप्पो फेस्टिभल आयोजना गर्दै

OPPO Fan Fest

२६ मंसिर २०७७, काठमाडौं ।

विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिन देखि नै ब्राण्ड प्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो ।

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिताजनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ओ-फ्यान्स फेस्टिवल क्याम्पेन जनवरी १०, २०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । नेपालमा सुरुवाती दिन देखि नै ब्राण्ड प्रति आदर्णिय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि आईएमईआई र आईओटी उपकरणका लागि ओफ्यान्स सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ ।

भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् । विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here