ओपोद्वारा नेपालमा एफ ११ प्रो सार्वजनिक

0
101

 काठमाडौं, बैशाख ।

वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमानयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत्त समारोहको आयोजना गर्दै आपो एफ ११ प्रो सार्वजनिक गरेको हो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधिफोनमा समाहित गरिएका छन् । एफ ११ प्रो मा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध गरिएको छ ।

सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट

विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समय संगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो ।

सेल्फी कला लाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नव प्रबर्तन तिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफ नाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमाथप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थपनयाँउचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापितगर्न कम्पनी अग्रसर देखिएको छ ।

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कम प्रकाश भएका स्थानमा तस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड

ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ११ र एफ११ प्रो दुबैमा एफसिरिज अन्तर्गतको सर्वाधिकअत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितकाओपो एफ ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशकालागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुपभीसीएम, ६पी लेन्स र १/२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटो सेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कमन्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

सार्वजनिक काबारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मोबाइल फोटोग्राफीमै क्रान्ति ल्याएको ब्राण्डका रुपमाओपो एफ११ प्रोले अब आउने ब्रिलियण्ट पोट्र्रेट फोटोग्राफीको यूगमा अग्रणी भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । उत्कृष्ट ४८एमपी डुअल रियर क्यामेरा र स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिहरुको समायोजन मार्फत उपभोक्तालाई प्रकाशको अवस्थाको कुनै बन्देज विना सर्वोत्कृष्ट पोट्र्रेट उपलब्ध गराउनु र प्रयोग मैत्री अनुभव मार्फत तिनको मन जित्ने हाम्रो उद्देश्य हो । साथै, प्रयोगतकर्ता लाई प्राकृतिक ग्राडियण्ट डिजाइन मार्फत उत्कृष्ट लुक्स तथाफिल सहितको फोन उपलब्ध गराउने प्रयास गरेका छौँ ।’

एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ ,विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याक ग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।

पानारोमिक स्क्रिन र सबलाइमप्राकृतिक सौन्दर्यका लागिप्राकृतिक ग्राडियण्ट डिजाइन

‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाः सम्भव तरल र सु-ब्यवस्थित यी डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ । फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागत मोबाइल संग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभवप्रदान गर्छ ।

ओपो एफ९ले भ्यिाएको ग्राडियण्ट ट्रेण्ड भन्दा अघि बढ्दै एफ११ सिरिजले नयाँ डिजाइनमा बृहत्त प्राकृतिक सुन्दरता र ग्राडियण्टको सुब्यवस्थित सुन्दरताको समायोजन प्रस्तुत गरेको छ । प्राकृतिक सिर्जनाको सौंदर्य अवधारणाबाट अभिप्रेरित ओपोले प्रमाकृतिक प्रकाशबाट प्रेरणा लिँदै एफ११ प्रोमा रंगको बहावको छाप दिने प्रयास गरेको छ । कम्पनीले एफ११ प्रोलाई थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक रंगमाउपलब्ध गराएको छ ।

मोबाइल फोन भनेको सञ्चार उपकरण मात्र नभइ कलाको एक प्रखर नमुना पनि हो भन्ने ओपोको सदैव विश्वास रहँदै आएको छ । फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनि यही विश्वासलाई निरन्तर्ता दिइएको छ । साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’ मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्यागहुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।

ओपो एफ११ प्रोमा लोकप्रिय खेलहरुलाई सहज रुपमा सञ्चालन गर्न सकियोस् भन्ने सोचका साथ कलर ओएस ६ उपलब्ध गरिएको छ । फोनमा बोर्डरलेस एस्थेटिक्सको अवलम्बनमार्फत स्मार्टफोनको डिजाइनलाई एक सुन्दर आयाम दिने प्रयास गरिएको छ । साथे, ओपो क्लाउड सुविधा मार्फत प्रयोगकर्ताले डाटा सञ्चयकालागि ५ जीबी सम्मफ्रि स्पेसपनि पाउँछन् ।

त्यसैगरी, ग्राडियण्ट कलर डिजाइन सहितको ओपो एफ११मा ६.५ ईञ्च पानोरामिक स्क्रिन, ४ जीबी ¥याम + १२८ जीबी रोम उपलब्ध गरिएको छ । एफ११ माभोक फ्ल्यास चार्ज ३.०का साथमा ४८एमपी+५एमपी डुअल रियर क्यामेरा र १६एमपी फ्रण्ट क्यामेरा सुविधा छ । स्मार्टफोनमा ४०२० एम एएच ब्याट्रीका साथमा स्मार्टर र थप क्षमता सहितको कलर ओएस ६ पनि उपलब्ध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here