ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९ को घोषणा आफ्ना बेष्ट सेलर्स अफर

Oppo Bada Dashain SMS Campaign

काठमाडौं, भाद्र १६, २०७६ ।

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एस एम एस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधि भर फोनको आई एमई आई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने छन् ।

Oppo Dashain Price Drop

ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९ को घोषणा आफ्ना बेष्ट सेलर्स, एफ११ सिरिज र आर १७ प्रो मा ‘प्राइस ड्रप’ अफर

‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानिय करणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्ता संग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनै पनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एस एम एस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एस एम एस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्येकाले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्ने छन् । त्यसैगरी,अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उपहार योजना अवधि भर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिने छ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ । क्याम्पेन अवधि भर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिने छ । तसर्थ, एकपटक सहभागिता जनाइसके पछि सहभागीले अन्तिम लक्कि ड्र सम्म जित हात पार्ने अवसर प्राप्त गर्ने छन् । सेप्टेम्बर १ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्ने छ ।
एफ ११ सिरिज र आर १७ प्रोमा  ‘प्राइस ड्रप’ अफर
दशैँको शु (अवसरमा कम्पनीले ‘बडा दशैँ एस एम एस’ क्याम्पेन का साथै आफ्ना बेष्ट सेलिङ मोबाइलफोन हरु एफ ११ सिरिज र आर १७ प्रो मा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ ११ प्रो को मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ को रु. ३१ हजार ९ सय ९० र आर १७ प्रो रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सुची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here