ओपो र ‘द भ्वाइस अफ नेपाल ३’ विच सहकार्य

OPPO Collaborates with Voice of Nepal
Share It On:

२, माघ  २०७७, काठमाडौं ।

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ विच सहकार्यको आधिकारिक घोषणा प्रमुख प्रायोजकका रुपमा यूवा प्रतिभाको प्रोत्साहन गर्ने लक्ष्य

वैश्विक स्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको छ।

ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । पुष २९ गते काठमाडौंमा आयोजित साईनिङ सेरेमोनी मार्फत सो सहकार्यको घोषणा गरिएको थियो ।

अन्तरराष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी शो “ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल(३”ले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ ।

नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् ।

‘ब्राण्डका रुपमा ओपोले सँधै यूवा माथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो ।

तिनको रुचिसंग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रालागि खुशीको विषय हो’, ओपो नेपालका मार्केटिङ हेड, पियरसन शेनले भने ।

“ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल-३”ले यूवा प्रतिभामा निहित गायन कलालाई लाखौँ / करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ ।

साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्ने निश्चित छ । देशभर छरिएर बसेका यूवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्न समेत सघाव मिल्नेमा दूई मत नरहेको आयोजकले बतायो ।

‘कार्यक्रमप्रति क्षमतावान प्रतिस्पर्धी तथा दर्शकहरुको उत्साहले हामीलाई थप हौसला प्रदान गरेको छ । यूवा पुस्ताका ईच्छा र तिनको मागलाई निरन्तर सम्बोधन गर्ने ब्राण्डका रुपमा परिचित ओपोलाई यूवाहरुका प्रतिभा प्रोत्साहन लक्षित ‘द भ्वाइस अफ नेपाल’मा प्रमुख प्रायोजकका रुपमा पाउँदा हामी थप उत्साहित छौँ ।

नेपाली यूवामा रहेको उत्कृष्टता प्रस्फुटनका लागि ओपोको भुमिका र योगदान वास्तवमै सराहनिय छ । यो सहकार्यले भ्वाइस अफ नेपालको यात्रालाई थप रोमाञ्चक बनाउनेमा हामी आशाावादी छौँ । ओपो र द भ्वाइस अफ नेपालको यो सहकार्यले रियालिटी टीभी शो भन्दा माथि उठ्दै यूवा कलाकारहरुलाई भविष्यका लागि मार्ग कोर्ने तथा मार्ग प्रशस्त बनाउने कार्यमा समेत

उल्लेख्य योगदान पुग्नेमा हामी विस्वश्त छौँ’, हिमालया टीभी एचडीका अध्यक्ष, धर्मराज भुसालले भने ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *