रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो

जेठ २९, काठमाडौं ।
फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस मेन्स सिंगल्स फाइनल सम्पन्न भएको छ । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसंग सहकार्य गरिएको टूर्नामेन्ट, मेन्स सिंगल प्रतिस्पर्धा अन्तर्गत डोमिनिक थिम माथी रफायल नडालको बिजयसंगै आधिकारिक रुपमा समापन भएको छ । विजयसंगै रफायल नडालले मस्केटर्स ट्रफी हात पारेका छन् । प्रतिस्पर्धाको अन्त्यसंगै आपोले सबै प्रतिस्पर्धीलाई हार्दिक प्रशंसाका साथै बधाई ज्ञापन गरेको छ ।

नोवाक जोकोविचको लगातार दशैाँ पटक रेकर्ड–ब्रेकिङ रुपमा टप ८मा सिमित रोल्याण्ड गार्रोस, सेमिफाइनलमा रफायल नडाल र रोजर फेडेररको ३९औँ शोडाउन, एरिनामा नयाँ अनुहारका साथै पहिलो पटक सन् २००० पछि जन्मेकी अमान्डा एनिसिमोभाको ग्राण्ड स्ल्याममा टप ८ सम्मको यात्रा लगायत घटना यसपटक चर्चाको विषय रहे ।

नयाँ खेलाडीहरुका साथै नयाँ आइकनका रुपमा ओपोपनि यस पटक चर्चाको विषयका रुपमा रह्यो । रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनर तथा स्मार्टफोन क्षेत्रकै एकल ग्लोबल पार्टनरका रुपमा ओपो लामो समयदेखिका पार्टनर रोलेक्स र ईमिरेट्सको साथमा देखिएको थियो । ओपोले खेलाडीका साथै उपभोक्तालाई समेत प्रतिस्पर्धा तथा दैनिकी दुबैमा सफलता हात पार्न प्रेरित गर्ने सोचका साथ ‘एस द शट’ नामको क्रिएटिभ क्याम्पेनपनि सार्वजनिक गरेको थियो । साथै, ओपोले रोल्याण्ड गार्रोसका दौरान रोमाञ्चक पल कैद गर्न उक्साउँदै उपभोक्तालाई रेनो टेनएक्स हाइब्रिड जुम फञ्सनको उत्कृष्टता अनुभव गर्ने अवसरपनि प्रदान गरेको थियो ।

ओपोको ब्राण्ड अन्तरराष्ट्रियकरण र सञ्चालन स्थानियकरण गर्ने, नयाँ वैश्विक रणनीती अन्तर्गत रोल्याण्ड गार्रोससंगको पार्टनरशिपले यूरोपियन प्रयोगकर्ताहरु संग ब्राण्ड अन्तरक्रियाका लागि महत्वपूर्ण सञ्चार प्ल्याटफर्म का रुपमा योगदान पु¥याएको छ ।

रोल्याण्ड गार्रोससंग दिर्घकालिन पार्टनरशिप स्थापित गर्न ओपो प्रतिबद्ध छ । दुबै पक्षले सहकार्य गर्दै सन् २०१९ देखि २०२१का लागि संयुक्त कन्टेन्ट क्रिएसन मार्फत खेलकुद र ब्राण्ड मार्केटिङका लागि मोडल निर्माण, यूवा प्रतिभा प्रोत्साहन र ब्राण्ड प्रमोसन सम्बद्ध सहकार्य गर्नेछन् । रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोको प्रमुख प्रायोजक बनेसंगै योजनाबद्ध सहकार्य मध्य यूवा प्रतिभा प्रोत्साहनको थालनी भइसकेको छ ।

ओपो यूरोपका अध्यक्ष भिन्सेन्ट हुआङले भने,‘ रोल्याण्ड गोर्रोससंग सहकार्य गर्दै विश्वभरका यूवा प्रतिभा र भविस्यका टेनिस खेलाडीहरुको उत्थानको साक्षी बन्न पाउँदा हामी निकै उत्साहित छौँ । ओपोमा हामी अद्वितिय पलका लागि स्मार्टफोन निर्माणमा उत्कृष्टता र नवप्रबर्तन दिन सदैव तत्पर रहन्छौँ । नयाँ पिढीलाई तिनका सपना प्राप्तिका लागि सघाउनु तथा तिनले टेनिस ईतिहास कोरेको हेर्न हामी निकै आतुर छौँ । भविस्यमापनि ओपोले रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोसंग सम्बद्ध हुँदै टेनिस प्रेमी यूवा खेलाडीहरुलाई रोल्याण्ड गार्रोसको उच्च सम्मानका लागि स्पर्धामा उत्रिन सघाउने छ ।’

३१ मँेमा पेरिसको सुज्यान–लेंलेन स्टेडियममा आयोजित २०१९ रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोमा, फ्रेन्च टेनिस फेडरशनका अध्यक्ष बर्नार्ड ग्युडिसेल्लीको उपस्थितीमा, गुस्टाभो हाइडी (ब्राजिल) र टियान फानग्रान (चीन)लाई क्रमशः ब्वाइज सिंगल्स च्याम्पियन र गल्र्स सिंगल्स च्याम्पियन घोषित गरिएको थियो । रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो नै विश्व ¥याङ्किङ भन्दा बाहिरका यूवा खेलाडीहरुलाई रोल्याण्ड गार्रोसको अनुभव प्रदान गर्ने एक मात्र स्पर्धा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here