ए नाइन २०२० सार्वजनिक हुने

Oppo has announced the launch date for A Series 2020 in Nepal
Share It On:

भाद्र ३१, काठमाडौं ।
ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “एनाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। एनाइन २०२० का साथै कम्पनीले सोही दिन “एफाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

सार्वजनिकको तयारीमा रहेका “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । तथापी, अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएका छन् । फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समय सम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२० ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेष गरी, जेनरेशनजी यूवा वर्ग लक्षित छन् ।

उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९ मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिए देखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *