ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक

Oppo-A31-Price

साउन ५, २०७७

वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्ता माझ विशेष परिचित छ। यूवा पुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्टफोनका क्यामेरा देखि कार्य प्रदर्शनीमा ओपोले विशेष ध्यान दिने गरेको छ। आफ्ना प्राथमिकतालाई निरन्तरता दिँदै ओपोले नेपालमा ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ।

ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक(कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक गरिएको छ। ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ। स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१ मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्था पनि गरेको छ। यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ। एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३ एमएम हुने गरी डिजाइन गरिएको छ।
ओपो ए३१ को पछिल्तिर तीन ओटा लेन्सको ब्यवस्था गरिएको छ। कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२ एमपी सेन्सर र एफ÷१.८ एपर्चरको ब्यवस्था गरिएको छ। यसमा रहेको २ एमपीमा क्रो लेन्सले थप जुम गरी विहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ। यीदूईका साथमा २ एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको छ। यसले सब्जेक्टलाई ब्याक ग्राउण्ड संग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बोके उपलब्ध गराउन मद्दत गर्छ। यसमा रहेको ८ एमपीएफ÷२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ।
सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ। साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रो एसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन्। यसले गर्दा प्रयोगकर्ताले सञ्चय क्षमताको चिन्ता नगरी चाहना अनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चय गर्ने लगायत कार्य गर्न पाउँछन्।
ओपो ए३१ लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भीचिपसेटले सञ्चारित गर्छ। यसमा रहेको ४ जीबी ¥याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गतिलिने क्षमता राख्छ। यसमा रहेको ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री एक पटक पूर्ण रुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा७ घण्टा सम्मनिरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन्। फोनमा फिंगरप्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलक पनि उपलब्ध गरिएको छ।
निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन,ओपो ए३१को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको छ।

Oppo Enco W11 Oppo Enco W31

यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानल मार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू ११ को बजार मूल्ये रु. ३ हजार ९ सय ९० निर्धारण गरिएको छ। त्यसैगरी ई-कमर्स प्ल्याटफर्म दराज मार्फत उपलब्ध गराइने दूई उत्पादन एन्को डब्ल्यू ३१ को मूल्य रु. ६ हजार ९ सय ९० र एन्को एम३१को मूल्य रु. ४ हजार ९ सय ९० निर्धारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here