ओपोले २०१९ मा के-के गर्‍यो प्राविधिक विकास ?

OPPO 2020 Tech Evolution
काठमाडौं, माघ १४

२०१९ प्राविधिक विकासका लागि निकै सफल बर्ष रह्यो । सो बर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको छ । सन् २०१९ मा ओपोद्वारा हात पारेका केही उल्लेखनिय प्राविधिक उन्नतीबारे जानकारी प्रस्तुत गरिएका छन् ।

फेब्रुअरी २०१९ (टेनएक्स हाइब्रिड जुम फोटोग्राफी)

सन् २०१९को सुरुवातमै सार्वजनिक गरिएको नव प्रबर्तनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नव प्रबर्तकका रुपमा अझ माथि उठाइदिएको छ । टेनएक्स हाइब्रिड जुम सहितको फोन साथमा हुँदा ब्यवसायिक फोन आफ्नो साथमा भएको झैँ अनुभव हुन्छ ।

मानिसहरुलाई संसारमा निहित सम्भावना तथा तिनका वरपर रहेका सुन्दरता अनुभव गराउन ओपो हरपल तत्पर छ । टेनएक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओपोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ ।

मेँ २०१९( यूरोपियली बजारमा पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोन)

सन् २०१९ को मेँ महिनामा सार्वजनिक भएसंगै ओपो रेनो फाइभजी यूरोपियली बजारमा भित्रिएको पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भयो । स्विसकम संग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा विक्रि आरम्भ गरिए संगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको थियो ।

फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरा सहितको फुल पानोरामिक स्क्रिन, नव प्रबर्तनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुम सहितको तीनओटा लेन्स सहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोग अनुभव प्रदान गरेको छ।

सेप्टेम्बर २०१९ (सुपरभोक २.० फ्ल्याश चार्जिङ)

भोक फ्ल्याश चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडी लानुका साथै, औद्योगिकमानक लाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ । २०१९ मा ओपोले भोक फ्ल्याशचार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ ।

ती मध्य पनि मात्र ३० मिनेटको समयमा ४ हजार एम एच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने,ओपो रेनो एस मार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिइन्छ । ओपोको चार्जिङ प्रविधि निरन्तर रुपमा परिस्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२० मा पनि आउँदै गर्ने निश्चित छ।

डिसेम्बर २०१९ (फाइभजी उपकरण ईकोसिस्टम (ओपो फाइभजी सीपीई, ओपो एआर ग्लास लगायत)

ओपो ईन्नो डे २०१९ मार्फत ओपोले नव प्रबर्तनात्मक फाइभजी उपकरण ईकोसिस्टमको घोषणा ग¥यो । यसले मानवतालाई ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पु¥याएको छ । आउने तीन बर्षमा ओपोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आर एण्ड डी मा खर्चने छ ।

ओपोद्वारा योजना गरिएको भविष्यका लागि रणनीतिलाई तीन प्रमुख बुँदामा बाध्न सकिन्छ:

प्राविधिक विकासका लागि अग्रगामी नेतृत्वदायी भुमिका निभाउने प्रतिबद्धता
प्राविधिक अनुभवलाई थप सुदृढ बनाउन फाइभजी र एआई लाई आधार मान्दै एकिकृत प्राविधिक ईकोसिस्टमको विकासका लागि पहल ।
प्रयोगकर्ता सेवा र सामग्री प्रस्तावका लागि निरन्तर आँकलन र सुधार उपलब्ध गराइरहने प्रतिबद्धता ।
फाइभजी डिभाइस ईकोसिस्टमका सम्भावना प्रस्तुत गर्न ओपोले फाइभजी सीपीई, एआर ग्लासेज, स्मार्ट हेडफोन्स र स्मार्ट वाचेज लगायतविभिन्न स्मार्ट उपकरणहरुको घोषणा समेत गरिसकेको । ओपो स्मार्ट उपकरण निर्माण तथा विकासको दिर्घकालिन योजना मार्फत प्रयोगकर्ताहरुका लागि विशेष, सहज र ब्यक्तिगत अनुभव प्रदान गर्नु प्रमुख उद्देश्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here