१२ भदौ, काठमाडौं ।
वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ।
OLS Workshop Tools and Equipment
नाडा अटो शो २०२४ को अवसरमा, काठमाडौंको भृकुटीमण्डपमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरे।
बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्वस्तरीय कम्पनीका उत्पादनहरू अब नेपालमा पञ्चकन्या मार्केटिङमार्फत उपलब्ध हुने बताए। उनले गुणस्तरीय उत्पादनहरू नेपालमा समेत लोकप्रिय हुने विश्वास व्यक्त गरे।
अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपका लागि आवश्यक गुणस्तरीय टुल्स र इक्विपमेन्टको महत्वमाथि जोड दिए।
पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले ओएलएसका टुल्स र इक्विपमेन्ट नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रूपमा भित्र्याएको बताए।
ओएलएसले फोर ह्विलर, कमर्सियल भेइकल, तथा टु ह्विलरको वर्कशपका लागि आवश्यक सबै प्रकारका टुल्स र इक्विपमेन्टहरू उपलब्ध गराउँदै आएको छ।
ओएलएस, एक आईएसओ ९००१:२०१५ र सीई सर्टिफाइड कम्पनी हो, जसले भारतका अलावा मिडिल इस्ट, अफ्रिका, बंगलादेश, श्रीलंका, भुटान लगायतका विभिन्न देशमा समेत आफ्ना उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
OLS Workshop Tools and Equipment Now Distributed in Nepal