टेलिकमकाे एसईई अफर: विद्यार्थीलाई १ महिनासम्म नि:शुल्क इन्टरनेट

NTC See Offer

२६, साउन २०७८ काठमाडौं ।

एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि  टेलिकमले एसईई अफर  सिम ल्याएको  छ  । यस अफर अन्तर्गत ३० दिन सम्म हरेक दिन भ्वाईस ,ढाटा , एसमएस्  उपहार तथा रु.५० भन्दा बढीको रिचार्जमा बोनससमेत प्राप्त हुने टेलिकमले जनाएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त स्टुडेन्ट रजिक्ष्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

उल्लिखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ ।

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रुपमा रुपान्तरण गरिएको सिमकार्डमा आवश्यकताबमोजिम ई–शिक्षा प्याकेज पनि लिन सकिनेछ ।

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई एसईई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here