नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’: ५९९ रुपैयाँमा प्रतिदिन ८ जीबी डाटा र ३३३ मिनेट कल
११ कात्तिक, काठमाडौं।
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ (NPL Season 3) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ (NPL Unlimited Package) सार्वजनिक गरेको छ।
नेपाल प्रिमियर लिग सिजन-३ को Official Telecom Partner (आधिकारिक टेलिकम पार्टनर) समेत रहेको नेपाल टेलिकमले नेपाली खेलकुदको प्रवर्द्धन र ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो प्याकेज ल्याएको हो।
एनपीएल अनलिमिटेड प्याकेजका विशेषताहरू:
शुल्क: रु. ५९९ (कर सहित) डाटा: प्रतिदिन ८ जीबी (८ GB per day) भ्वाइस कल: ३३३ मिनेट अल-नेट भ्वाइस कल (कुनै पनि नेटवर्कमा कल गर्न सकिने) समयावधि (Validity): ३० दिन ग्राहक वर्ग: प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ता
नोट: पोस्टपेड प्रयोगकर्ताहरूले यो प्याकेज खरिद गर्दा लाग्ने शुल्क उनीहरूको मासिक रेन्टल चार्जमै समावेश गरिनेछ।
प्याकेज खरिद गर्ने अवधि: यो प्याकेज २०८३ कात्तिक १० गते देखि २०८३ मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ।
प्याकेज कसरी खरिद गर्ने? USSD कोडमार्फत: आफ्नो टेलिकम मोबाइलबाट *1415*9# डायल गरेर। नेपाल टेलिकम एपबाट: ‘Nepal Telecom’ एप खोलेर प्याकेज सेक्सनबाट सजिलै खरिद गर्न सकिन्छ।
For more: NTC NPL Unlimited Offer

