नेपाल टेलिकमको मोबाइल सेवामा आएको समस्याको समाधान

NTC Recharge Bonus Data Offer

४ माघ २०७९, काठमाडौं।

नेपाल टेलिकमको मोबाइल तथा पिएसटिएन टेलिफोन सेवामा मङ्गलबार करिब १२ बजेदेखि प्राविधिक समस्या आएको कम्पनीले जनाएको छ । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कम्पनीले कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आएर छोटो समयका लागि सेवा अवरुद्ध भएको र तत्काल समाधान गरिएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावहरुले असजिलोपन व्यहोर्नुपर्यो । यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहनेछ । सेवाग्राहीलाई अविच्छिन्न,
निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका
अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक
महानुभावहरुमा अनुरोध गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here