नेपाल टेलिकमको फिफा विश्वकप २०२६ अफर: NTTV मा ९९९ रुपैयाँमै लाइभ
२६ जेठ, काठमाडौं।
विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) लाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्ना आईपिटीभी (NTTV) ग्राहकहरूका लागि विशेष FIFA World Cup 2026 TV Package उपलब्ध गराउने भएको छ।
ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधिमार्फत खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक प्याकेज ल्याएको हो।
मात्र ९९९ रुपैयाँमा विश्वकपका सबै खेलहरू लाइभ
यस योजना अन्तर्गत सम्पूर्ण एनटीटीभी (NTTV) ग्राहकहरूले मात्र ९९9 रुपैयाँमा यो प्याकेज खरिद गरी विश्वकपका सम्पूर्ण रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण (Live Broadcast) घरमै बसेर हेर्न सक्नेछन्।
प्याकेज सुचारु गर्ने एकदमै सजिलो तरिका:
ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमा हिमालय स्पोर्ट्स (Himalaya Sports) च्यानल छनोट गर्नुपर्नेछ।
च्यानल सेलेक्ट गर्नासाथ टीभी स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन (Prompt) देखा पर्नेछ।
उक्त स्क्रिनमा आफ्नो नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नुपर्नेछ।
मोबाइल नम्बर राखेपछि तपाईंको फोनमा एउटा OTP (वन टाइम पासवर्ड) प्राप्त हुनेछ।
सो OTP लाई टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ।
नोट: ग्राहकहरूले आफ्नो नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्र (Counter) मा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्नेछन्।
१०० Mbps वा सोभन्दा बढीको इन्टरनेट लिँदा विश्वकप प्याकेज ‘बोनस’ मा निःशुल्क
नेपाल टेलिकमले आफ्ना एफटीटीएच (FTTH) ग्राहकहरूका लागि पनि ठूलो अफर सार्वजनिक गरेको छ। आगामी असार ३ गते (जुलाई १७, २०२६) सम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको Internet with Premium IPTV प्याकेजसँग जोडिने ग्राहकले यो प्याकेज बोनसको रूपमा निःशुल्क पाउनेछन्।
यो अफर निम्न ग्राहकहरूका लागि उपलब्ध हुनेछ: १. १०० Mbps वा सोभन्दा माथिको वार्षिक प्याकेजको नयाँ जडान गर्ने ग्राहक। २. पुराना ग्राहक जसले सोही क्षमताको प्याकेज नवीकरण (Renew) गर्नेछन्। ३. १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड (Upgrade) हुने ग्राहक।
निःशुल्क बोनस प्राप्त गर्ने तरिका: योग्य ग्राहकहरूले आफ्नो नेपाल टेलिकमको मोबाइलबाट
*1416#डायल गरी यो निःशुल्क बोनस प्याकेज सजिलै दाबी (Claim) गर्न सक्नेछन्।
यस योजना सम्बन्धी थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरू मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
For more: NTC FIFA World Cup 2026


