गणतन्त्र दिवसमा टेलिकमको नयाँ अफर ३० मिनेट भ्वाइस कल र सय एसएमएस

नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ (Republic Day Offer 2076)  उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ Republic Day Combo Pack  उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । छुट प्राप्त गर्नका लागि ग्राहकहरुले  *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here