नेपाल टेलिकमले सार्वजनिक गर्‍यो अटम अफर

Nepal Telecom To Provide Free SIM Cards arriving Kathmandu from Tribhuvan International Airport

 १ कात्तिक २०७९ काठमाडौं।

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ ।

यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।

यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ ।

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् ।

अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकल *1415# डायल गर्नुपर्ने छ । कम्पनीको नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here