फोरजी विस्तार गर्न नेपाल टेलिकमले दुई चिनियाँ कम्पनीसँग सम्झौता

Share It On:

काठमाडौं, माघ २०

नेपालभर फोरजी विस्तार गर्न नेपाल टेलिकमले दुई चिनियाँ कम्पनीसँग सम्झौता गर्‍याे, १८ अर्ब ८० करोड लागतमा १ वर्षमा सम्पन्न हुने ।

NTC 4G to extend all over the country

नेपाल टेलिकमको फोरजी÷एलटीई सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो ।
फोरजी÷एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क – ¥यान (RAN) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । नेपालभर ६५ लाख क्षमताको फोरजी÷एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । RAN (¥यान) नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।

नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले (Overlay) को रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस (VoLTE – voice over LTE)  र मल्टिमिडिया (ViLTE -video over LTE) सेवा विस्तार तथा coverage and capacity का लागि Small Cell with WiFi विस्तार गर्नेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *