बैंकको कर्मचारी भन्दै ओटीपी मागेमा नदिनू : नेपाल राष्ट्र बैंक

Do not give OTP if asked as a bank employee Nepal Rastra Bank
NRB Urges Customers To Protect OTP To Prevent Fraudulent Transactions

३२ जेठ, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले विगत केही समयदेखि अनधिकृत व्यक्तिले आफूलाई बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी बताउँदै ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्नका लागि ओटीपी वा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज विवरण मागेर रकम चोरी गरेकाे पाइएको जनाएको छ ।

‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी-निश्चित अंकको नम्बर-नम्बर उल्लेख भएको म्यासेजजस्ता विवरण माग्ने गरेको बुझिएको छ’, सूचनामा भनिएको छ, ‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ-कनेक्ट आईपीएस-वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ट रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।’

यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु नगराउनु हुन राष्ट्र बैंकले आग्रह गरेको छ। ‘कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउनुहुन वा राष्ट्र बैंकको ई–मेल ठेगाना gunaso_psd@nrb.org.np मा अविलम्बन जानकारी गराउनुहुन सूचित गरिन्छ’, सूचनामा भनिएको छ।

यसका साथै भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरुलाई सूक्ष्म रुपमा निगरानी गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here