खुला बजार कारोबार विनियमावली संशोधन: राष्ट्र बैंकले एक वर्षे ‘एनआरबी बन्ड’ जारी गर्न सक्ने
३२ असार, काठमाडौं।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र (एनआरबी बन्ड) जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ को छैटौँ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सञ्चालक समितिको स्वीकृतिमा जारी हुने ऋणपत्रको ब्याजदर बैंक तथा वित्तीय संस्थाबीचको बोलकबोलबाट निर्धारण हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले बैंकिङ प्रणालीमा लामो समयसम्म थुप्रिएको अतिरिक्त रकम प्रभावकारी रूपमा प्रशोचन गर्न सहयोग गर्नेछ । यसअघि अधिक तरलता व्यवस्थापनका लागि छोटो अवधिका निक्षेप संकलन उपकरण बारम्बार प्रयोग गर्नुपर्ने अवस्था थियो ।
यद्यपि, लामो अवधिका लागि बैंकको रकम राष्ट्र बैंकमा बाँधिँदा लगानीयोग्य स्रोत घट्न सक्ने र बजार ब्याजदरमा माथिल्लो दबाब पर्न सक्ने भएकाले यसको प्रयोगको प्रभाव ऋणपत्रको आकार, अवधि र ब्याजदरमा निर्भर रहने विश्लेषण गरिएको छ ।
For More: NRB One Year Bond


